अष्ट्रेलियाविरुद्ध न्यूजिल्याण्डको महत्वपूर्ण जित

हिमाल एफ.एम फागुन १६ । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले उपाधिको बलियो दावेदार अष्ट्रेलियाविरुद्ध महत्वपूर्ण जित हात पारेको छ । शनिबार भएको खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध १ विकेटको जित हात पारेको हो ।
इडन पार्कमा अष्ट्रेलियाले प्रस्तुत गरेको १५२ रनको लक्ष्य ब्रान्डन म्याकुलमको अर्धशतकको मदतमा न्यूजिल्याण्डले २४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।Australia-out
यसअघि ट्रेन्ट बल्टले पाँच विकेट लिएपछि अष्ट्रेलिया ३२.२ ओभरमा १५१ रन जोड्दा अलआउट भएको थियो । उपाधिको बलियो दावेदार अष्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन ।
३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर एरोन फिन्चलाई १४ रनमा गुमाएको अष्ट्रेलियाका लागि डेभिड वार्नर र शेन वाट्सनले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।
बाट्सन २३ रनमा आउट भए । डेभिड वार्नर र शेन वाट्सनको साझेदारी टुटेपछि अष्ट्रेलियाको विकेट झर्ने क्रम तिव्र भयो । २६ रन जोड्दा ७ विकेट गुमायो । वार्नरले ३४ रन बनाए भने कप्तान माइकल क्लार्क १२ रनमा आउट भए ।
ब्राड हेडिनले नवौं विकेटका लागि पेट कुमिन्ससँग ४५ रनको साझेदारी गरे । हेडिन ४३ रनमा आउट भए भने कुमिन्स ७ रनमा अविजित रहे ।
न्यूजिल्याण्डका ट्रेन्ट बल्टले पाँच विकेट लिए भने टीम साउथी र भिट्टोरीले २-२ विकेट लिए । कोरी एण्डरसनले एक विकेट लिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु