अष्ट्रियाका कर्ज इयुकै कान्छो मन्त्री

पौष २ । अष्ट्रियाका सेवास्तियन कर्जले युरोपियन युनियनमा सबैभन्दा कान्छो मन्त्रीको रुपमा शपथ लिएका छन् । कर्ज २७ वर्षका छन् । मन्त्री हुनुअघि उनले सचिवको रुपमा काम गरिसकेका छन् । शिक्षा र मुश्लिम आप्रवासीको क्षेत्रमा महत्वपूर्ण काम गरिसकेका कर्जलाई पिपुल्स पार्टीको उदाउँदो नेताको रुपमा हेरिएको छ । गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनपछि अष्ट्रियामा अहिले सोसियल डेमोक्रयाट्स् र कन्जरभेटिभ पिपुल्स पार्टीको मिलिजुली सरकार छ ।

यता, विश्वमा अहिले शक्तिशाली पदमा रहेका नेताहरु मध्ये उत्तर कोरियामा किम जोङ ऊन २८ वर्षमा मुलुकको शासक, डोमेनिकामा सन् २००४ मा रुसेभेल्ट स्केरिट ३२ वर्षमा प्रधानमन्त्री, भूटानमा जिग्मे केशर नाम्गेल सन् २००८ मा २८ वर्षको उमेरमा नरेश र स्वाजील्याण्डमा स्वाती तृतीय सन् १९८६ मा १८ वर्षको उमेरमा राजा बनेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!