अर्वाड निष्पक्ष हुन्छ – किरण अधिकारी

Kiran Adhikariकाठमाडौँ । सुन्दरादेवी सन्देश लोक दोहारी अर्वाडवाट परिणत गरिएको म्यूजिक अर्वाड नुवाकोटमा जेठ १३ गते आयोजना हुदैछ । सोहि अर्वाडको सेरोफेरोमा आयोजक संस्थाका अध्यक्ष किरण अधिकरीसंग हाम्रो ५ प्रश्न ?????

१, म्यूजिक अर्वाडको सुन्दर पक्ष के हो ?

हरेक कार्यक्रमको आ–आफ्नै सुन्दर पक्ष हुन्छन् नै । विशेष गरी विभिन्न अर्वाड, सम्मान, कलाकारिताको हरेक कार्यक्रम राजधानी केन्द्रित भएको बेला हामीले मोफसलमै कार्यक्रम शुरुवात गर्नु नै यो अर्वाडको खास पक्ष हो भन्ने लाग्छ । पहिलो संस्करण गत बैशाख ११ गते सम्पन्न भयो भने दोस्रो संस्करण आगामी जेठ १३ गते नुवाकोटमा हुदैछ । राजधानीमा सम्पन्न हुने अर्वाडलाई छाडेर हेर्ने हो भने बाग्मती अञ्चलकै लागी ऐतिहासिक बनेको छ । अघिल्लो बर्ष लोक दोहारी अर्वाडको नामबाट अवार्ड प्रदान गर्ने काम भयो भने यसपटक परिमार्जित हुदै सुन्दरादेवी सन्देश बाग्मती म्यूजिक अर्वाड नाम दिएका छौ ।

२, पैसो कमाउने गतिलो माध्यम भन्छन् नी अर्वाडलाई ?

राम्रो काम गर्नेलाई ताली मात्र आउदैन्, गाली र थुप्रै आरोप तथा गुनासाहरु आउछन् । यसलाई स्वभाविक मान्नुपर्छ । अर्वाड उत्कृष्ट मध्येका सर्बोत्कृष्टलाई प्रदान गर्ने भएकाले अर्वाड नपाउने केहिले चलाउने हल्ला मात्र हुन् । अर्वाड वाटै पैसो कमाईने भए कार्यक्रम बाक्लै आयोजना गरिन्थ्यो होला ।

३, अचेलको अर्वाड भनसुन चल्छ रे, पैसामा विक्रि समेत हुन्छन् रे भन्ने हल्ला पनि छन् नी ?

हावा नचली पात त किन हल्न्थ्यिो र ! तर हामीले आयोजना गरेको अर्वाडमा त त्यस्तो गल्ती भए झै लाग्दैन । त्यस्तो घिनलाग्दो काम हुदैन पनि । अर्वाड भनसुन र पैसामा कदापी सम्झौता हुदैन । कसैले प्रमाण दिए देशमै बस्दिन ।

४, पारदर्शी हुन्छ भन्ने आधारहरु के–के छन् ?

आधारहरु धेरै छन् । जुरीहरु विषयगत जानकार हुन्छन् । आयोजकले विषयज्ञातालाई मात्र जुरीमा छनौट गरेको हुन्छ । पारदर्शी हुदैन भन्ने हो भने फम भरेका मध्ये एकजनालाई अर्वाड प्रदान गरे पनि त हुन्थ्यो, किन टप फाईभ छनौट गरेर भोटिङ गर्नुप¥यो र ? अर्वाड सबैलाई दिने मिल्ने भए सबै पारदर्शी हुन्थे, अर्वाड नपाउनेको पिडादायीक हल्ला मात्र हो ।

५, दोहोरी अर्वाडलाई म्यूजिक अर्वाडमा परिणत गर्नुको मुख्य कारण ?

तपाईलाई पनि थाहा छ, गीत संगीतको दायरा फराकिलो छ । हामीले पहिलो अर्वाडको समिक्षा ग¥यौ, यो पटक हामी मध्यमाञ्चल स्तरको लोकदोहोरी अर्वाड गर्ने पक्षमा थियौ तर बैशाख १२ गतेको भुकम्पले गर्दा समय अभावका कारण प्रचारमा जुट्न सकेनौ । त्यसकारण अर्वाडको महत्वलाई अझ बढाउन लोक दोहारी अर्वाडलाई म्यूजिक अर्वाडमा रुपान्तरण गरेका हौ । समाबेशीको हिसावले पनि म्यूजिक अर्वाड फारकिलो छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु