अमेरिकी हवाई हमलामा १५० विद्रोही मारिए

333मोगादिसु, फागुन २५ – सोमालियामा अमेरिकी हवाई हमलामा त्यहाँको विद्रोही समूह ‘अल शबाब’ का एक सय ५० भन्दा बढी लडाकु मारिएका छन् ।
मानवरहित विमान ‘ड्रोन’ ले गरेको हमलामा ती लडाकु मारिएको जनाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार लडाकुहरु जम्मा भएको सूचनाका आधारमा गरिएको कारवाहीमा ती लडाकु मारिएका हुन् । मन्त्रालयका प्रवक्ता क्याप्टेन जेफ डेभिसका अनुसार ठूलो हमलाको तयारीका रुपमा प्रशिक्षण शिविरमा लडाकुहरु भेला भएको समयमा हवाई हमला गरिएको हो ।

अमेरिका र अफ्रिकी संघका सुरक्षा बललाई लक्षित गरी हमलाको तयारीमा रहेका विद्रोहीहरु शिविरबाट निस्कनु अघि नै अमेरिकी ड्रोनबाट कारवाही गरिएको उनले बताए ।

राजधानी मोगादिसुबाट करिब १२० माइल उत्तरी क्षेत्रमा सो कारवाही गरिएको जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु