अमेरिका र दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा जुटे

111सोल, फागुन २३ । कोरियाली प्रायद्विपमा बढ्दो तनाबकाबीच अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको तयारी गरेका छन् ।

दक्षिण कोरियाका ३ लाखभन्दा बढी र अमेरिकाका १५ हजार सेनाले सैन्य अभ्यासमा भाग लिने दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कूकाअनुसार यो अभ्यास अघिल्लो वर्षको भन्दा दोब्बर ठूलो हुनेछ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको केही दिनपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परिक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो छ । नाकाबन्दीको विरोधमा उत्तर कोरियाले आणविक हतियार प्रयोगका लागि तयार भएको धम्की दिदै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु