अमेरिकामा ट्रम्पका समर्थक र विरोधीबिच हिंसात्मक झडप

ttकाठमाडौं, जेठ १५ – रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका सम्भावित उम्मेद्वार डोनाल्ड ट्रम्पका समर्थक र विरोधीबीच क्यालिफोर्निया राज्यमा हिंसात्मक झडप भएको छ। प्रदर्शनकारीले सैन डियगो कन्भेन्सन बाहिर ढुंगा र पानी प्रहार गरेका थिए। उनीहरुको प्रहरीसँग झडप भएको थियो। प्रहरीले १२ जना प्रर्दशनकारीलाई पक्राउ गरेको छ। ट्रम्प पनि झडपका बेला सोही सहरमा थिए।

Comments

comments

सम्बन्धित शीर्षकहरु