अमेरिकामा कोरोना कहरले जोडेको नेपाली समाज

सोलुखुम्बु,वैशाख २४

अमेरिकामा रहेको नेपाली समाज नेपालको सानो रुप हो । नेपालमा जे जस्ता चरित्र छन्, यहाँको समाजले पनि त्यही चरित्र बोकेको छ । पछिल्लो समय भनाइ नै छ, अमेरिका गए आचरणसँगै ।

यसको अर्थ यहाँको नेपाली समाजले भुईँ छोडे पनि टाउको छोडेको छैन । अर्थात् नेपाल हुँदा जसरी सोच्थ्यो, यहाँ पनि त्यसरी नै सोच्छ ।

रमाइलो त के भने अहिले पनि धेरैले डलरलाई पनि रूपैयाँ नै भन्छन् र आम्दानी-खर्च गर्दा स्मार्ट फोनमा रहेको क्याल्कुलेटरमा आजको विनिमयदरले गुणा गर्न छोडेका छैनन् ।

नेपाली समय, नेपाली पारा पनि उही गतिमा छ । अमेरिकामा नेपालीका विभिन्न आधारमा खोलिएका हजारको संख्यामा संघ, संस्था छन् । राजनीतिक आस्थादेखि व्यावसायिकतासम्म ।

जातजातिदेखि क्षेत्र, जिल्ला र गाउँसम्म । साहित्यिकदेखि पेशागतसम्म सबैखाले संघ संस्था छन् यहाँ । र, हरेक संस्थामा पनि कम एकता र बढी बेमेल नै छ ।

जति नै संस्था भए पनि अमेरिका आएको पहिलो पुस्तालाई त्यहीँ रमाइलो थियो भने अर्को पुस्ता भने त्यसबाट विरक्तिँदै अध्ययन र व्यावसायिक उन्नयनका लागि लागिरहेको थियो । समाजशास्त्रीय कोणबाट हेर्दा यो एक किसिमको सामाजिक विनिर्माणको अवस्था जस्तो थियो ।

तर, अहिलेको अवस्था धेरै फरक छ, कोरोना महामारीविरूद्ध लड्न अमेरिकाको नेपाली समाज एकजुट भएको छ ।

सबैभन्दा धेरै कोरोनाले असर गरेको र नेपालीको बाक्लो बस्ती रहेको न्युयोर्कदेखि क्यालिफोर्निया र शिकागो हुँदै टेक्साससम्म जहाँ-जहाँ नेपालीको बाक्लो बसोबास छ, त्यहाँ-त्यहाँ यतिबेला अभूतपूर्व एकता देखिएको छ । लाग्छ, जतिसुकै अपि्रय भए पनि कोरोना कहर अमेरिकाका नेपालीबीच एकता र भातृत्व विकास गर्दै बाँच्दाको जन्ती र मर्दाको मलामी प्रमाणित गर्ने एक अवसर भएको छ । स्रोत : अनलाइनखबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!