अमेरिकामा एक शताब्दीपछि आमाबाबुसँगै बस्ने युवाको संख्या बढ्यो

bbbकाठमाडौं, जेठ १२ – अमेरिकामा एक शताब्दीभन्दा लामो समयपछि आमाबाबुसँगै बस्ने युवाको संख्या बढेको एक अध्ययनले देखाएको छ ।

फ्यू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार १ सय ३० वर्षमा पहिलो पटक १८ देखी ३४ वर्ष उमेरका युवाहरु पार्टनरसँग भन्दा आमाबाबुसँग बस्न रुचाएको देखिएको छ ।

सन् १९६० मा करिब दुई तिहाई युवा अमेरिकी आफ्नो पार्टनर्रसँग बस्ने गरेका छन् । पाँच जनामा एक मात्र आमाबाबुसँगै बसेका थिए ।

जनसांख्यिक हिसाबबाट वैवाहिक सम्बन्ध र रोजगारीमा आएको परिवर्तन यसको कारण भएको रिपोर्टमा उल्लेख छ ।

अनुसन्धानले युवाको रोजगारीमा कमी, ज्याला नबढ्नु जस्ता कारणबाट पनि आमाबाबुसँगै बस्ने क्रम बढेको उल्लेख गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु