अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प

alaska-earthquakeवासिंटन, माघ १० – अमेरिकाको अलास्का राज्यको दक्षिणी तटमा शक्तिशाली भूकम्प गएको छ । युरोपेली भूमध्य भूकम्प केन्द्रले ७.१ म्याग्निच्यूटको भूकम्प गएको जनाएको छ ।

भूकम्पले आसपासका क्षेत्रसमेत प्रभावित भएको बताइएको छ । स्थानीय समय अनुसार आइतबार बिहान १ः३० मा भूकम्प गएको हो । समुद्री सतहबाट १२३ किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

भूकम्पपछि पराकम्पनसमेत गइरहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

Comments

comments

सम्बन्धित शीर्षकहरु