धनकुटाका २ सय ८ जना द्वन्द्वपीडितले अझै राहत पाउन सकेका छैनन्

प्रकाश पाठक

चैत्र ५ । धनकुटाका २ सय ८ जना द्वन्द्वपीडितले अझै राहत पाउन सकेका छैनन् । गत असारमै जिल्लाबाट सिफारिस द्वन्द्वपीडितहरुको सूची प्रमाणिकरणको काम रोकिएको थियो । उता, अर्थ मन्त्रालयले पनि प¥र्याप्त रकम नपठाएका कारण प्रमाणित गरिसकेका पीडितहरुले समेत राहत बुझ्न नपाएको स्थानीय शान्ति समिती धनकुटाले जनाएको छ ।

राहतका लागि धनकुटामा १ हजार ९ सय ४५ जनाको निवेदन परेको थियो । जसमध्ये मृतक, बेपत्ता, अंगभङ्ग, विस्थापित, अपहरण तथा सम्पती क्षतिका १ सय ३७ जनाले मात्रै राहत पाएका छन् । यस्तै पुनःनिर्माणका लागि सिफारिस गरिएका २ सय ३५ भवन मध्ये ९१ वटाको काम सकिएको स्थानीय शान्ति समितीको कार्यालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!