अभय ढुंगेलले सम्झे गाउँघर, ल्याए पुर्वेली जुहारी ‘नाचौँ छमछम’ (भिडियो सहित)

सोलुखुम्बु – अमेरिकाको बसाईमा रहेका पुर्वेली सर्जक तथा गायक अभय ढुंगेलले गाउँघर सम्झेका छन् ।

‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम्झेका हुन् ।


ओखलढुंगेली ढुंगेलको सृजनामा तयार भएको गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् ।

मनोरञ्जन नेपालको यूटुव च्यानलबाट विश्व बजारमा पठाईएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ ।

भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!