अब यसरी हुदै छ सोलुखुम्बुका भुकम्प पिडितको अनुदान सम्झौता

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २० बैशाख

सोलुखुम्बुका भुकम्प पिडितहरुको सबै लगत जिल्लामा प्राप्त भएपछि गाबिस सचिबहरु अनुदान सम्झौताका लागि गाउँ प्रबेश गरेका छन् । भुकम्प गएको दुइ बर्ष पछि सोलुखुम्बुको भुकम्प पिडितहरुले आवास पुन निर्माणका लागि सरकारले दिने भनेको पहिलो चरणको अनुदानका लागि सम्झौता पत्र प्राप्त गर्न लागेका छन् ।

त्यसका लागि गाबिस सचिबहरु रातो सम्झौता पत्र लिएर गाउँ जान सुरु गरेका छन् । १० हजार ७ सय ९४ घर परिवार संग अनुदान सम्झौता हुने छ । गत माघ र फागुनमा तथ्यांक बिभाग माफर्त खटिएका प्राबिधिकहरुले संकलन गरेको पिडितहरुको नामावलीको सुची जिल्लामा आए पछि सोही सुची लिएर गाबिस सचिबहरु ऋा आफ्नो गाबिस जान सुरु गरेका हुन् ।

साबिकको गाबिसकै संरचनामा भुकम्प पिडितहरुको नामावली सार्बजनिक भएको छ । सोही सुचीका आधारमा अनुदान सम्झौता बैशाख मसान्त सम्म गरिसक्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका संयोजक कृष्ण प्रसाद साप्कोटाले जानकारी दिनुभयो ।

अहिले प्राप्त सुचीमा खुम्बुका तीन गाबिस बाहेक अरु सबै गाबिसको पिडितहरुको नामवली प्राकिरणले जिल्लामा पठाएको छ । यस अघिको १७ हजार दुइ सय ७८ जनाको घर पुन निर्माण गरिनु पर्ने भन्दै जिबिसको सुचिमा थियो ।

प्राबिधिकहरुको घर सर्बेक्षणले १० हजार ७ सय ९४ घर मात्रै अनुदान सम्झौतागर्न योग्य भएको जनाएको छ । १७ हजार दुइ सय ७८ घर मध्य ६ हजार ४ सय ८४ घर पुन निर्माणका लागि अनुदान सम्झौता गर्न आबश्यक नरहेको प्राबिधिकहरुको सर्बेक्षणले देखाएको छ ।

भुकम्प पिडितले तीन थान सम्झौता पत्र भर्नु पर्ने छ । त्यस मध्य एक थान पिडितसंगै रहने छ भने एक थान भुकम्प पुन निर्माण प्राधिकरण र एक थान जिल्ला समन्वय समितिमा रहने पुन निर्माण प्राधिकरणका सोलुखुम्बु फोकल पर्सन भोजनारायण राजभण्डारीले जानकारी दिनुभयो ।

बैशाखको पहिलो हप्ता नै सम्झौता सुरु गर्ने भनि केरुङमा नमुना सम्झौता गरिए पनि निर्बाचनको चटारोले नभ्याएको भन्दै गाबिस सचिबहरु सहित जिल्लाका सरोकारवालाहरु निष्क्रिय थिए । तर यस क्षेत्रको स्थानिय तहको निर्बाचन सरे पछि अनुदान सम्झौताका लागि पुन सक्रिय भएका हुन् ।

यस सम्झौताबाट पहिलो चरणको रकम ५० हजार रुपैयाँ प्राप्त भएपछि भुकम्प पिडितले मापदण्ड अनुसार घर बनाए पछि मात्रै दोस्रो किस्ताको रकम उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु