अफगानिस्तानमा सरकार र तालिवानबीचको वार्ता विफल

हिमाल एफ एम । असोज ७- अफगानिस्तानमा सरकार र तालिवानबीचको वार्ता प्रयास अझै सफल भएको छैन । मुलुकमा जारी हिंसा अन्त्यका लागि अफगान सरकारले गरेको वार्ता आह्वानलाई तालिवान विद्रोहीले चासो नदेखाएपछि वार्तामा मध्यस्थता गर्न उलमाऔ नामकोवको नेतृत्वमा वार्ता कमिटी गठन गरिएको थियो ।

गत जुलाईमा तालिवान संस्थापक मुल्ला उमरको निधनपछि नेता बनेका अख्तर मन्सुरलाई तालिवानका केही लडाकुले नमानेपछि तालिवानभित्रै फुट देखा परेकाले पनि वार्ता असफल भएको अनुमान छ ।

नेता चुनिएका मन्सुरले भने तालिवानभित्र कुनै मतभेद नरहेको भन्दै वार्ताका लागि अझै केही समय लाग्ने बताएका छन् । अफगानिस्तानलगायत बिश्वका केही मुलुकमा तालिवानकै आक्रमणका कारण सयौं मारिइसकेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु