अफगानिस्तानमा आत्मघाती विस्फोट, १० जना मारिए

333काठमाडौं, फागुन १५ – अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा गराइएको आत्मघाती विस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ ।

सरकारी भवनको प्रवेशद्वारमा मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फोट गराएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

मारिनेमा भवननजिकैको पार्कमा खेलिरहेका बालकालिकासमेत परेको बताइएको छ । विस्फोटमा परी मिलिसिया कमान्डर काजी खान पनि मारिएका छन् ।

विस्फोटको जिम्मा कसैले नलिएपनि त्यस क्षेत्रमा सरकारी सेना र तालिबानबीच संघर्ष चलिरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु