अपांगलाई न्यानो ज्याकेट वितरण

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर २०

सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रका २१९ जना अपांगहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

अन्तराष्ट्रिय अपांग दिवसको अबसरमा नगर क्षेत्रका अपांगहरुलाई चिसोवाट बच्न सजिलोका लागि न्यानो ज्याकेट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले जानकारी दिए । ‘अघिल्लो बर्ष ७० बर्ष माथीका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण गरेका थियौ ।’ उनले भने, ‘यो बर्ष अपांगलाई न्यानो उपहार वितरणको कार्यक्रम राखेका हौ ।’ नगरपालिकाले हरेक वडामा कार्यालयले अपांगसम्म पु¥याउने गरि जिम्मा लगाएको अधिकृत सुवेदीले बताए ।

सोमबार वडा नं ३ तामाखानीले ७ जना र वडा नं ४ फाप्लुले १५ जनालाई ज्याकेट वितरण गरिसकेको छ । ज्याकेट पाएपछि हर्क पुलामी मगरले खुसि व्यक्त गरे । ‘सरकारले हामीलाई भक्ता दिदै आएको छ ।’ उनले भने, ‘नगरपालिकाले ज्याकेट वितरण गर्दा स्थानीय सरकार आएको अनुभूति भयो ।’ दुवैहात डुडुलो भएका पुलामीले प्रसन्न मुद्रामा नगरपालिकालाई धन्उवाद दिए ।

अन्य वडामा पनि जनप्रतिनिधिको सक्रियतामा न्यानो ज्याकेट वितरणको काम भईरहेको छ । नगरपालिकाले चिसोलाई मध्येनजर राख्दै ‘क’ र ‘ख’ वर्गको परिचय पत्र पाएका अपांगहरुलाई ज्याकेट वितरण शुरु गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु