अनुगमनमा फोहोरी कार्यलय मालपोत

हिमाल एफ एम, ३ श्रावण, सोलुखुम्बुमा रहेको केही सरकारी कार्यलयहरु सरसफाइका दृष्टीकोणले नाजुक रहेको पाइएको छ । केही कार्यलयहरु सफाचट भएपनि केही कार्यलयहरु भने फोहोर र मैलोमा बस्ने गरेको पाइएको हो ।

सरसफाइ भनेको ब्यक्ति होस् या सस्था दुबैका लागि आाधरभुत आबश्यक्ता हो । ब्यक्ति र सस्थाको पहिचान उस्को सरसफाइबाटै झल्कीन्छ । तर मंगलबार दिउँसो सल्लेरीका बिभिन्न सरकारी कार्यलयमा पुग्दा कुनै कार्यलय निक्कै चिटिक्क देखिन्थ्यो भने कतिपय कार्यलय फोहोरको थुप्रोमा झिंगा धपाउदै काम गरेको देखियो ।

जिल्ला मालपोत कार्यलय, सोलुखुम्बु भरीका कृषकहरुको महत्वपुर्ण सेवाथलो हो । तर त्यही कार्यलय सल्लेरीका दुइ दर्जन कार्यलय भन्दा निक्कै फोहोरी कार्यलयको रुपमा देखिएको छ । कार्यलय प्रमुख टंकप्रसाद फुयालको कक्ष देखि कम्प्युटर कक्ष सम्म धुलोमैलो र फोहोरले राज गरिरहेको छ । कम्प्युटर लगायत महत्वपुर्ण प्रबिधि रहेको कोठामा फोहोर हेरि साध्य थिएन ।

मालपोतमा देखिएको फोहोर

यही कार्यलयमा ३ जना कार्यलय सहयोगीले नपुगेर थप एक जना करारमा नियुक्त गरेर ४ जना बनाइएको छ । तर ती कार्यलय सहयोगीहरुबाट कार्यलय प्रमुख फुयालले काम लिन सकेका छैनन् । कार्यलय सहयोगी भनेकै सरसफाइका लागि राखीएको हुन्छ तर हामी त्यहाँ पुग्दा कार्यलय सहयोगीहरु कर्मचारीहरुको कोठा कोठामा पुगेर गफ लगाउनमा ब्यस्त थिए । सरसफाइका बारेमा कुरा गर्न खोज्दा कार्यलय प्रमुख टंक फुयाल बोल्न मानेन्,

तर त्यही मालपोत कार्यलयको सय मिटर वरपर रहेको शिक्षा कार्यलय, कृषी बिकास कार्यलय पशु कार्यलय निक्कै सुग्गर देखिन्छ । त्यहाँ दैनिक र साप्ताहिक रुपमा सरसफाइको तालिका नै बनाइएको बरिष्ठ कृषी बिकास अधिकृत नेत्र भण्डारीले बताए ।

जिल्ला कृषि विकास कार्यलय, सोलु

जिल्ला बन कार्यलय र जिल्ला बिकास समिति साँघुरो कार्यलयको बाध्यताले अस्तब्यस्त देखिन्छ । यद्यपी अन्य कार्यलयहरु भने सरसफाइमा मध्यम देखिन्छ । आएका सेवाग्राहीलाइ समेत सरसफाइका बारेमा सन्देश दिनुपर्नेमा स्वयम कर्मचारीहरु फोहोरमा बस्नु राम्रो नदेखिएला ।

Comments

comments

सम्बन्धित शीर्षकहरु