अनियमितता पुष्टि गर्न बाकाचौलका वडाअध्यक्ष तामाङको चुनौती

भुपेन्द्र पौडेल,
सोलुखुम्वु, असोज २४

खोटाङको एैसेलुखर्क गाउपालिका वडा नं २ बाकाचौलका वडाअध्यक्ष शान्तवीर तामाङले आफुमाथि लागेको अनियमितताको आरोपको खण्डन गर्नुभएको छ ।
वडा अध्यक्ष तामाङले व्यक्तिको चरित्र हत्या गर्ने नियतले सामाजिक संञ्जालमा आएको समाचार प्रति आपत्ती जनाउनुभएको हो । असोज १३ गते केहि अनलाईन र सामाजिक सञ्जाल मार्फत अध्यक्ष तामाङले वौद्ध आधारभुत विद्यायलय झाँक्रिवासको भवन निर्माणमा अनियमितता गरको आरोप लगाईएको थियो ।

समाचारको मर्म अनुसार घटनाको विषयमा द्धिपक्षिय नबुझी एक पक्षिय ढङगले समचार आएको भन्दै तामाङले कडा रुपमा खण्डन गर्नुभएको छ । हिमाल एफ एम संग कुरा गर्दै अध्यक्ष तामाङले अनियमितता पुष्टि भए आफु कानुनी कारबाही भोग्न तयार भएको भन्दै व्यक्तिको चरित्र हत्या गर्ने सञ्चार माध्यममाथी कडा कारबाहीकोे माग गर्नुभयो ।

गएको दुई आर्थिक वर्ष २०७२/७३ मा विद्यालयको २ कोठे ट्रस्ट सहितको भवन तामाङ निर्माण समितिको अध्यक्ष हुदा बनेको थियो । १४ लाखमा निर्माण भएको विद्यालयको अन्तिम किस्ता रकम १ लाख २६ हजार ५ सय निकासा गरि विद्यालयले व्याजमा लगाएको र पछि १ लाख फिर्ता दिएकोमा २६ हजार ५ सय रुपैया अझै आफुले पाउनुपर्ने तामाङको भनाई छ ।

विद्यायल व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सर्वपक्षिय भेलाले तामाङले पाउनुपर्ने रकम व्याज सहित दिने निर्णय गरको छ । आफुले पाउनुपर्ने रकम मध्ये १ लाख लिएकोमा केहि सञ्चारमाध्यमले घुस लिएको भनि भ्रम फैलाउन खोजेको तामाङको भनाई छ ।

उहाँले हदै सम्मको निन्दनिय काम भएको भन्दै समाचार लेख्ने सञ्चार माध्यमलाई पुष्टि गरेर देखाउन चुनौति दिनुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु