अनधिकृत रुपमा काठमाडौँ जान खोज्ने थुप्नेत छोलिङका ५४ तिब्बत्तियनहरु सल्लेरीमै रोकिए

हिमाल एफ.एम पौष १६ ।
अनधिकृत रुपमा काठमाडौँ जान लागेका ५४ जना तिब्बती मुलका बौद्ध धर्मावलम्बीहरुलाई स्थानिय प्रशासन सोलुखुम्बुले जान रोक लगाएको छ । सोलुखुम्बुको जुनबेशी स्थीत थुप्तेन छोलीङ गुम्बामा बस्दै आएका ती धर्मावलम्बीहरु पुजापाठका लागि भन्दै आज बिहानै सडक मार्ग बाट काठमाडौँ जाने क्रमका सदरमुकाम सल्लेरी नजिकैबाट प्रहरीले फर्काएको हो । उनीहरु संग कुनै परिचय पत्र वा अनुमति पत्र नभएको, स्थानिय प्रशासनलाई जानकारी पनि नगराएको भन्दै उनीहरुलाई काठमाडौँ जानबाट रोक लगाईएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । ती तिब्बत्तियनहरु हिमाल तराईको ठुलो बस र दुधकुण्ड यातायात सेवा समितिको एउटा जीप रिजर्भ गरि सल्लेरीबाट काठमाडौँका लागि जादै थिए । सल्लेरीबाट करिब ५ किलो मिटर गुडिसके पछि उनीहरुलाई सल्लेरी तर्फ नै फर्काईएको थियो । उनीहरुलाई पुन पहिले बसिरहेको गुम्बामै पठाईने प्रहरीले जनाएको छ । यद्यपी साँझ पख २४ जना परिचय पत्र भएका तिब्तियनहरुलाई भने साँझपख काठमाडौँ जान दिईएको प्रहरी निरिक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । बिना अनुमति जिल्ला बाहिर जाँदा शंकास्पद गतिबिधिमा संलग्न हुन सक्ने भएकोले अन्यत्र जान प्रतिबन्ध लगाईएको प्रजिअ ढकालले बताए । ती तिब्बत्तियनहरुले भने आफुहरु कुनै शंकास्पद गतिबिधिमा नभई काठमाडौँ स्थीत बौद्ध गम्बुमा घुमफीरका लागि जान लागेको बताएका छन् । चीन स्वशासित क्षेत्र तिब्बतबाट आई तिब्बत्तियनहरु सोलुखुम्बुको जुनबेशी स्थीत थुप्तेन छोलिङ गुम्बामा लामो समय देखी बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले गुम्बामै गई ति तिब्बतियनहरुको परिचय पत्र नबिकरण गर्ने गरेको भएपनि बालबालिकाकै अबस्थामा नेपाल आएकाहरुको परिचयपत्र नबनाएका कारण यस्तो समस्या आएको तिब्बतियनहरुले बताएका छन् । भोलिदेखि बौद्धमा सुरु हुने धार्मिक पुजा पाठमा सहभागि हुन सल्लेरी सम्म आई पुगेका उनीहरु प्रशासनले जान नदिएपछि निराश हुदै सल्लेरिमै बसेका छन् । तिब्बतियनहरुका अनुसार यसअघि हरेक बर्ष निर्बाध रुपमा जान दिईएपनि यसैबर्ष देखि रोकेकोमा समेत आश्चर्य जनाएका छन् । प्रशासनले भने परिचय पत्र बनाई आएको खण्डमा आफुहरुले नरोक्ने जनाएको छ । एक चिन निति लिएको नेपालले चिन बिरोधि गतिबिधि नेपालमा हुन नदिन तिब्बतिहरुमाथि कडा निगरानी राख्ने गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु