अदुवाबाटै सिन्धुलीका कृषकले १८ करोड आम्दानी गर्दै

aduwaसिन्धुली, चैत्र ६ गते – सिन्धुलीमा यस वर्ष अदुवाको उत्पादन राम्रो भएपछि किसानले पर्याप्त आम्दानी गर्ने भएका छन् ।

अदुवा उत्पादनका लागि पकेट क्षेत्र मानिने सिन्धुलीको अरुणठाकुर, ककुरठाकुर, भद्रकाली अमले, बाहुनतील्पुंग लगायतका स्थानमा यसवर्ष करिव २५ हजार मेट्रिक टन अदुवा उत्पादन भई निर्यात भइरहेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

यहाँ प्रतिकेजी ३० देखि ३५ रुपैयाँमा अदुवा बिक्री भइरहेको छ । तर बजारमा पु¥याएको अदुवा प्रतिकेजी एक सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । सिन्धुलीमा उत्पादित अदुवा, काठमाडौं, वीरगन्ज, विराटनगर, जनकपुर लगायतका शहरमा निर्यात हुने गरेको छ ।

जिल्लाका किसानले अदुवाको बिक्रीबाट यस वर्ष करिव १८ करोड रुपैंयाँ आम्दानी गर्ने अनुमान छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!