अत्याधिक रक्तश्राबका कारण उदयपुरमा सुत्केरीको मृत्यु

बिक्रम श्रेष्ठ माघ ११ – उदयपुरको रुपाटारमा रक्त श्राब नरोकिए पछि एक सुत्केरी महिलाको ज्यान गएको छ । गएराती रुपाटार २ बिजुवामा २७ बर्षिय कुल मायाँ मगरको मृत्यु भएको हो । शुक्रबार बेलुकी करिब ७ बजे शिशुलाई जन्म दिएकी कुलमायाँको अत्याधिक रक्त श्राबकै कारण मृत्युभएको उदयपुर रुपाटारबाट हाम्रा संबाददाता ठबिन्द्र कुमार मगरले जानकारी दिनुभएको छ । प्रसुतिका लागी अस्पताल सम्म लैजाने अज्ञानताका कारण  घरैमा प्रसुति गराईएको थियो । उनीबाट जन्मीएको छोरीको भने स्वास्थ्य स्थीति राम्रो रहेको बताइएको छ । रक्तश्राब नरोकिए पछि उपचारका लागी रुपाटार स्थीत एक क्लीनिकबाट अहेब सहितको एक टोली बिजुवा गएको थियो ।  तर सो टोली नपुग्दै राती २ बजे उनको मृत्यु भएको हो । २७ बर्षिय कुलमायाँले यस अघि नै २ छोरा र २ छोरीको जन्म दिईसकेकि थिईन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु