अत्याधिक चापले पर्यटकलाइ डाइनिङमै सुताइदै

राधा ढुंगाना
सोलुखुम्बु, २९ चैत्र

पर्यटकहरुको अत्याधिक चापले सोलुखुम्बुको गोरसेप तथा लबुचेमा बस्न र सुत्न समस्या भएको छ । यस अघिको बर्षको तुलनामा यस बर्ष अत्याधिक पर्यटक प्रबेश गरेपछि उनीहरुलाइ खुवाउन तथा बास राख्न ठाउँको अभाब भएको होटल ब्यबसायीहरुको भनाइ छ । गोरसेपमा ४ होटलमा करिब ३ सय मानिस हटाउने क्षमता छ तर अहिले दैनिक ५ सय सम्म पर्यटक प्रबेश गर्न थाले पछि ती पर्यटक तथा उनका सहयोगी गाइडहरुलाइ सुताउन समस्या भएको हो । अहिले डाइनिङमा सुताउदा समेत ठाउँ अपुग भएपछि ट्रकिङ गाइडहरु बढि मार्कामा परेका छन् ।
पर्यटकहरुलाइ जसोतसो खान बस्न ब्यबस्था गरेपनि ट्रकिङ गाइडहरुलाइ रात कटाउन समस्या भएको गोरसेपबाट होटल ब्यबसायी चित्र राइले जानकारी दिए । राइले भने, ‘यस बर्ष पर्यटकको चाप धेरै नै बृद्धी भएको छ, हाम्रा होटलहरुमा खान त पालो गर्दा पनि हुन्छ तर सुताउन समस्या भयो ।’ उनले थपे, ‘केही दिन देखि बेडरुमको अभाबले पर्यटक र गाइडहरुलाइ डाइनिङ हलमा सुताउन थालिएको छ ।’
सगरमाथा आधारशिबिर जाँदा भेटिने अन्तीम मानब बस्ती गोरसेपमा सिमित संख्यामा होटलहरु संचालनमा छन् । सगरमाथा आरोहणमा जाने पर्यटक, तीनका सहयोगी, र ट्रकिङ आएका पर्यटकहरुको अत्याधिक चाप रहेको होटल ब्यबसायीहरुको अनुभब छ । सबैभन्दा बढि पथप्रदर्शक र पोर्टरहरुको बिचल्ली भएको छ ।
‘पर्यटकलाइ यतिधेरै सास्ती भएको मैले पहिलो पटक अनुभब गरेँ’ राइले भने । खुम्बु पदमार्गमा जाने पर्यटकहरु सगरमाथा आधारशिबिर सम्म पुग्ने र नजिकै रहेको कालापत्थर पनि चड्ने गर्नाले उनीहरुले गोरसेपमा दुइ दिन बिताउछन् । करिब ३ सय ५० जना अटाउने गोरसेपका होटलहरुमा दुइ दिनको संख्या जोडीदा झण्डै एक हजार जना हुने गर्दछ । ‘अन्य घरहरु समेत नरहेकाले पर्यटकहरुले बास नपाउने समस्या बढेको हो । अधिकांश बेडरुमहरु त पर्यटकले अनलाइन बुक गरिसकेका हुन्छन्, होटलमै आएर बुक गर्नेहरु चैँ बिचल्नीमा पर्ने गरेका छन् ।’ सगरमाथा आधार शिबिर नजिकै रहेकी अर्की होटल संचालिका पासाङकामी शेर्पाले बताइन् ।

गोरसेप भन्दा तल्लो गाउँ लबुचेमा पनि पर्यटकको उस्तै चाप छ । ८ वटा होटल रहेको यहाँ पनि पर्यटकको चाप थामिनसक्नुभएको रहेको होटल संचालक बरुङिमा शेर्पाले बताए । ‘खाना त पुर्याइएकै छ सबै भन्दा समस्या राती सुताउन छ’ शेर्पाले भने ।
खाद्यन्न ढुवानीका लागि समस्या नभएपनि खानेपानीको अभाबले मार्कामा परेको ब्यबसायीहरुको भनाइ छ । पोखरीमा आइस पग्लेर संकलन भएको पानी प्रयोग गर्ने गरिए पनि यस बर्ष अधिकांश त्यस्ता पोखरीहरु बिलाएर झन् गहिरो भएकाले पानी निकाल्न समस्या भएको गोरसेपबाट होटल संचालक चित्र राइले समस्या सुनाए । ‘हाइ अल्टीच्युटमा आएपछि पाहुनाले बढि तातो पानीको माग गर्दछन् । खाना पकाउन देखि पिउने पानीको जोहो गर्न पनि समस्या छ’ उनले भने । हाइ अल्टीच्युटमा भएको कारण पनि समस्या भएको ब्यबसायीहरुको भनाइ छ ।
तर त्यस मुनीका दिङबुचे, पाङबोचे, नाम्चे, लुक्ला लगायतका होटलहरुमा भने खान बस्न कै लागि समस्या नभएको नाम्चेका होटल ब्यबसायी लामाकाजी शेर्पाले जानकारी दिए । तल्लो गाउँहरुमा पर्याप्त होटलहरु रहेकाले लबुचे, गोरसेपमा जस्तो समस्या नभएको उनको भनाइ छ ।
अहिले दैनिक ५ सय जना सम्म पर्यटकहरु सगरमाथा राष्ट्रिय निकुञ्जमा प्रबेश गरिरेको जोरसल्ले चेक पोष्टले जनाएको छ । अघिल्लो बर्षहरुमा भन्दा यस बर्ष पर्यटकको चाप अत्याधिक रहेको जोरसल्ले जेकपोष्टका इन्चार्ज राजु तामाङले बताए । ‘बिहान देखि नै पर्यटकको लस्कर लाग्छ, सबैको प्रबेश जाँच गर्दा भ्याइ नभ्याइ छ, बिहानको खाना खाने पालो दिउसो दुइ बजे मात्रै आउछ ।’ कर्मचारी निर्माण पोख्रेलले ब्यस्तता सुनाए । यहाँका कर्मचारीले पर्यटकको प्रबेश जाँच गर्न नभ्याएपछि जेकपोष्टको सुरक्षार्थ खरिटएका नेपाली सेनाले सहयोग गर्दै आएको इन्चार्ज तामाले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु