अझै २४ गाबिसको गाउँ परिषद बाँकी

बिक्रम श्रेष्ठ । पौष २१– पौष मसान्त भित्र सकिसक्नु पर्ने भनिएको गाउँ परिषद सोलुको ३४ गाबिस मध्य हाल सम्म १० गाबिसको मात्रै सकिएको छ । ९ दिन मात्रै बाँकी रहँदा अझै २४ वटा गाबिसको गाउँ परिषद गर्न बाँकी रहेको छ । हाल सम्म नाम्चे, खुम्जुङ, चौरीखर्क, बुङ, छेस्काम, गुदेल, तिङला, काँकु, टाप्टीङ र गोराखानी गाबिसको गाउँ परिषद सम्पन्न भएको गाबिस सचिब हकहित संरक्षण केन्द्र सोलुखुम्बुका अध्यक्ष पशुपति पोख्रेलले जानकारी दिनुभयो । पौष मसान्त भित्र सबै गाउँ बिकास समितिको परिषद सम्पन्न गरिसक्नु पर्ने स्थानिय स्वायत्त शासन ऐन–२०५५ तथा नियमावली–२०५६ मा ब्यबस्था गरिएको छ । बाँकी रहेको २४ गाबिस मध्य सदरमुकाम सल्लेरी लगायतका केही गाबिसको परिषद हुने मिति समेत तोकिन बाँक रहेको छ । सल्लेरी गाबिस सचिब पुष्पराज सिग्देलका अनुसार पौष मसान्त भित्र परिषद सम्पन्न गर्नका लागी भोली सर्बपक्षिय सहमतिमा मिति तोकिने छ ।
आगामी ३० गते सम्म परिषद सम्पन्न नगरे न्युनतम सर्त मापन तथा मुल्याङकनमा गाबिस नै अनुत्तिर्ण हुने भएकोले तोकिएको मिति भित्रै परिषद सम्पन्न गर्न जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत युबराज पोख्रेलले सबै गाबिस सचिबहरुलाई आग्रह गर्नुभएको छ । बाँकी रहेका गाबिसहरु सल्यान, नेचा, जुबु लोखीम, बासा, वाकु, पावै, देउसा, गोली चौलाखर्क, भकाञ्जे लगायतका २४ वटा रहेका छन् । यद्यपी परिषदकै लागी अधिंकाश सचिबहरु गाउँ पुगीसकेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो  ।
यसैबिच, स्थानीय सरोकारवालाहरुले बहिस्कार गरेपछि स्थगन गरिएको मुक्लीको गाउँ परिषद तुरुन्तै हुने कार्यक्रम अधिकृत पोख्रेलले जानकारी दिनुभयो । गाविसलाई दिईदै आएको पुजिगत बजेट कटौती गरेर १२ लाख ५० हजारमा सिमित गरिए पछि सोलुखुम्बुको मुक्लि गाविसको गाउँ परिषद स्थानीय सरोकारवालाहरुले गत १८ गते हुन लागेको योजना तर्जुमा बैठक नै बहिस्कार गरेका थिए । तर स्थानिय निकायले नियोजीत रुपमा बजेट कटौती नगरेको भन्दै केन्द्रबाटै बजेट सोही अनुरुप बिनियोजन भएको प्रष्ट पार्नुभयो । ७५ वटै जिल्लाका गाबिसहरुमा भु–बनोट, जनसंख्या, क्षेत्रफल लगायतलाई आधार मानी बजेट बिनियोजन गरिएको भन्दै त्यसमा असन्तुष्टी नराख्न पाख्रेलले आग्रह गर्नुभएको छ । यस अघि १७ लाख बजेट आउने गरे पनि यस पटक घटे पछि सबै दल तथा सरोकारवालाले गाउँ परिषद बहिस्कार गरेको वडा नागरिक मञ्चका अध्यक्ष फुर्तिमान तामाङले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु