अज्ञात रोगका कारण सयौँ कुखुरा मरे पछि परिक्षण गरिदै

बिक्रम श्रेष्ठ । चैत्र १७–
सोलुखुम्बुको बासामा अज्ञात रोगका कारण सयौँ कुखुरा मरे पछि जिल्ला पशु कार्यलयले रोग पत्ता लगाउन नमुना परिक्षण गर्ने भएको छ । अज्ञात रोगका कारण बासा गाबिसमा धमाधम कुखुरा मर्न थालेको समाचार हिमाल एफ एमले सम्प्रेषण गरे पछि जिल्ला पशु सेवा कार्यलयले आजै बासाबाट मरेको कुखुरा नमुना परिक्षणका लागी सदरमुकाम सल्लेरी ल्याईदैछ । जिल्लामै रोगको पहिचान हुन नसके परिक्षणका लागी काठमाडौँ स्थीत केन्द्रीय पशु चिकित्सालयमा परिक्षणका लागी पठाउनु तयारी समेत गरेको जिल्ला पशु कार्यलयका पशु रोग बिशेषज्ञ मुकेश नायकले जानकारी दिनुभएको छ । बासामा केही दिन देखी फैलिएको रोगका कारण लोकल कुखुराहरु मर्न थाले पछि किसानहरु चिन्तीत बनिरहेका छन् । देशको बिभिन्न जिल्लाहरुमा रानीखेत नामक कुखुरामा लाग्ने रोग माहामारीकै रुपमा फैलिए पछि सोलुखुम्बुको सो क्षेत्रमा पनि रानीखेत नामक रोग नै फैलिएको हुन सक्ने बिशेषज्ञ नायकले बताउनुभयो । यस अघि जिल्लाका बिभिन्न गाबिसहरुमा रानीखेत बिरुद्ध कुखुरामा भ्याक्सीन लगाए पनि छुटेको ठाउँमा सो रोग फैलिएको हुन सक्ने कार्यलयको आकलन छ ।
कार्यलय प्रमुख नायकले बिना कारण घरमा पालेको कुखुरा मर्न थाले सुरुवाती अबस्थामै जिल्ला पशु सेवा कार्यलयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । बोईलर जातका कुखुरा गाउँघरमा समेत भित्रिन थालिसकेको भन्दै त्यसबाट अज्ञात रोगहरु फैलिने गरेको बताईन्छ । सोलुखुम्बुको बिभिन्न गाबिसमा पशु सेवा कार्यलयको १२ वटा उपशाखाहरु रहने र कर्मचारी रहने ब्यबस्था भए पनि कर्मचारीकै अभाबमा सो कार्यलयहरुमा कर्मचार नभएको बताउदै नायकले सिधै जिल्ला कार्यलयमा सम्पर्क गर्न किसनहरुलाई आग्ह गर्नुभएको छ । जिल्लाभर ३४ कर्मचारीको दरबन्दी भए पनि हाल जिल्ला पशु सेवा कार्यलयको मातहतमा ६ जना कर्मचारी मात्रै रहेका छन् । बासा गाबिसकोे बिशेष गरी खास्ताब र दाम्कुमा फैलिएको अज्ञात रोगका कारण कुखुराहरु मर्न थालेको स्थानिय नारायण काजी कार्कीले जानकारी दिनुभएको छ । बासा दुई दाम्कुका रण बहादुर भुजेल, नारायाण काजी कार्की गंगा बहादुर कार्की लगायतका घर पालीएको कुखुरा मरेको हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!