अख्तियारको प्रमुख आयुक्तमा बस्न्यात सिफारिस

हिमाल एफ एम
काठमाडौँ, १९ बैशाख

संवैधानिक परिषदले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ ।

आयोगको कार्यवाहक प्रमुख रहेका बस्न्यातको संसदीय सुनुवाइमा नाम पठाउने परिषदले निर्णय गरेको हो। मुख्य सचिव सोमलाल सुवेदीले संवैधानिक परिषद बैठकले आयोग प्रमुखमा बस्न्यातको नाम सिफारिस गरेको जानकारि दिए ।

तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि उक्त पद खाली रहेको थियो।

त्यस पछि बस्न्यातले कार्यवाहक प्रमुखको रुपमा आयोगको नेतृत्व गर्दै आएका थिए । बैठक पुनः बुधबार अपराह्न ४ बजे बस्नेछ । महालेखा परीक्षक तथा अन्य संवैधानिक निकायमा रहेको रिक्त पदमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने जनाइएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु