अख्तियारको छापा काठमाडौ प्रशासनमा

काठमाडौं , १२ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छापा मारेको छ ।अख्तियारको टोलीले बिहीबार दिउँसो प्रशासनमा छापा मारेर कार्यालयका नायव सुब्बा छविराम काफ्लेलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले दुःख दिने गरेको उजुरी अख्तियारमा परेपछि छापा मारिएको अख्तियारले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!