अकुत सम्पत्ति आर्जनमा शर्माविरुद्ध अर्को मुद्दा दायर

काठमाडौं, माघ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वाभाविक देखिएको भन्दै आयोगले सोमबार बिगो असुलउपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

उनले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् वि.सं. २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।

आयोगकाअनुसार सोही अवधिमा चल–अचल सम्पत्ति एवं सेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार बिगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफत् गर्ने माग–दाबीसहित मुद्दा दायर गरिएको हो । रासस

Comments

comments

सम्बन्धित शीर्षकहरु